पोखरामा विश्व आत्महत्या दिवसमा सडक नाटक प्रदर्शन

पाेखरा | भदौ २५, २०७९

पोखरामा विश्व आत्महत्या दिवसमा सडक नाटक प्रदर्शन

पोखरा  : विश्व आत्महत्या दिवस (सेप्टेम्बर १०)को अवसर पारेर सडक नाटक ‘नमाझिएको’ कसौडी प्रदर्शन गरिएको छ ।

 

आत्महत्या रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको कोशिशको आयोजना,जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सहकार्य ।तथा  सिबिएमको सहयोगमा नाटक प्रदर्शन गरिएको संयोजक सुदिप घिमिरेले जानकारी दिए । 

 

नाटक शनिबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरिएको हो ।कार्यक्रममा पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले नाटक सन्देश मुलक भएको बताउँदै यसले केहि हद सम्म भए पनि आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने बताए। 

 

कोशिशका मनोबिद् बिनय पाण्डेले आत्महत्याको कारण र रोकथामका उपायका बारेमा प्रकाश पारेका थिए ।

 

यस्तै सोहि नाटक शनिवार नै पोखरा २५ हेम्जामा समेत प्रदर्शन गरिएको छ  । नाटक कोशिश र मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुतिमा तयार पारिएको हो ।

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्